काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्ष बनाएको छ ।
हालै बसेको पार्टी पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
माओवादी पार्टी कार्यालयले पासाङलाई पदाधिकारीमा ल्याउने निर्णयअनुसार उपाध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।
यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।
Leave a Reply