दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
नेपाल थारु संघको आइतबारतुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने दाबी गरेका हुन् ।
“संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”, उनले भने, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।”
२०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने पनि महामन्त्री थापाको भनाइ छ ।
Leave a Reply