काठमाडौं । संघीयता खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ ।
आइतबार काठमाडौंको शान्तिबाटीका सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको हो ।
साथै गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि पनि जनमोर्चाले आन्दोलन थालेको छ ।
प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए ।
२४० वर्षको राजतन्त्रमा जनताले दुख पाएको र देश विकास हुन नसकेको उनको भनाई छ।
Leave a Reply