Online Nepal
  • बुधबार, २७ चैत्र २०८१
  • १९८ आरोहीले लिए हिमाल आरोहणका लागि अनुमति

    १९८ आरोहीले लिए हिमाल आरोहणका लागि अनुमति

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 177
    SHARES

    काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ ।

    पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।



    विभागका अनुसार आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।

    विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

    अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार