काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने टिप्पणी गरेका छन् ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।
देशको राजनीति,आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको उनको भनाइ छ । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।
साथै उनले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको बताए ।
Leave a Reply