Online Nepal
  • शनिबार, ३० चैत्र २०८१
  • राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

    राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 162
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्र यात्रा तय गरेको बताएका छन् ।

    १५० औँ आईपीयू सभालाई उज्बेकिस्तानमा सम्बोधन गर्दै राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा तय गरेको बताएका हुन्।



    ‘नेपालले द्वन्द्वबाट शान्तितर्फ, एकात्मक प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ र बहिष्करणबाट समावेशीतर्फको यात्रा तय गरेको विश्वसामु राख्न पाउँदा खुसी लागेको छ । हामीले राजनैतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गरी शान्ति र रुपान्तरणको यात्रा तय गरेका छौं । हाम्रो संविधानले सामाजिक न्याय, समानता र समावेशीतालाई सुनिश्चित गरेको छ । नेपालले सामाजिक समावेशितालाई सुनिश्चित गर्न राष्ट्रका उच्च पदहरूका साथै नीति निर्माणका तहमा लैंगिक तथा सामाजिक समावेशिता सुनिश्चितता गरिएका छन्,’ सभामुख घिमिरेले भने ।

    उनी थप्छन् ‘समानता र विविध समुदायहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन पद्धति अवलम्बन गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन हुनुपर्छ भने दुबै सदनको नेतृत्व फरक लिङ्ग र राजनीतिक दलबाट चयन गरिन्छ। यसका साथै, समावेशितालाई संस्थागत गर्न र न्यायपूर्ण समाजको विकास गर्न लागि विभिन्न संवैधानिक आयोगहरु समेत क्रियाशील छन्।’

    उनले सामाजिक विकास र न्यायू जस्तो महत्वपूर्ण विषयमा विचार-विमर्श गर्नु आजको विश्व परिस्थितिमा अत्यन्त सान्दर्भिक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार