काठमाडौं । सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ ।
जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ।
तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ। मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ।
Leave a Reply