Online Nepal
  • आइतबार, १ बैशाख २०८२
  • सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

    सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २३ चैत्र २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ ।

    जिल्लाको बराहक्षेत्र-१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि शनिबार दिउँसो गोली प्रहार भएको हो ।



    प्रहरीका अनुसार घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेको छ । उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।

    एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार