Online Nepal
  • आइतबार, १ बैशाख २०८२
  • पूर्वराजालाई विश्वप्रकाशको चुनौती – श्रीपेच चिह्न लिएर चुनाव लड्नु, अनि व्यवस्था बदल्नु

    पूर्वराजालाई विश्वप्रकाशको चुनौती – श्रीपेच चिह्न लिएर चुनाव लड्नु, अनि व्यवस्था बदल्नु

    अनलाइन नेपाल
  • शनिबार, २३ चैत्र २०८१
  • 195
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

    झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा शनिबार उनले यस्तो चुनौती दिएका हुन् । उनले पूर्वराजा शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।



    ‘ चुनावबाट दुई तिहाइ ल्याएर संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् । तर, त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन,’ महामन्त्री शर्माले भने ।

    संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार