काठमाडौं । रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गर्न आएको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको भन्दै विरोध गरेको छ । रास्वपाका नेताहरु प्रहरीको उक्त कार्यप्रति विरोध गरिरहेका छन् ।
तर यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै प्रश्न गरेका हुन् । उनले लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न रास्वपाका नेताहरुलाई आग्रह गरेका छन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्क समेत गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘प्रहरीको पूर्जी काट्ने ‘रीति र थिति’ रवि जी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई ‘थाहा’ नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि ?’
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएपछि प्रहरी पक्राउ गर्न निवासमै पुगेको थियो ।
Leave a Reply