Online Nepal
  • शुक्रबार, २९ चैत्र २०८१
  • आईपीएलमा लखनउको दोस्रो जित, मुम्बईको तेस्रो हार

    आईपीएलमा लखनउको दोस्रो जित, मुम्बईको तेस्रो हार

    अनलाइन नेपाल
  • शनिबार, २३ चैत्र २०८१
  • 168
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ । शुक्रबार लखनउमा भएको खेलमा मुम्बइलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित हात पारेको हो ।

    जितका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन् ।



    लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए । त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए । मार्शले सर्वाधिक ६० रन जोडे । मारक्रमले ५३ रन बनाए ।

    मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए ।

    जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ । लखनउ तालिकाको छैटौं स्थानमा छ । मुम्बई ४ खेलमा २ अङ्कका साथ सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार