Online Nepal
  • शुक्रबार, २९ चैत्र २०८१
  • डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

    डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

    अनलाइन नेपाल
  • शनिबार, २३ चैत्र २०८१
  • 213
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ ।

    केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।



    उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

    सभापति लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।

    बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार