Online Nepal
  • बिहिबार, २८ चैत्र २०८१
  • रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

    रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

    अनलाइन नेपाल
  • शनिबार, २३ चैत्र २०८१
  • 150
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ ।

    सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो ।



    उनलाई शुक्रबार साँझ पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रविलाई शुक्रबार उनको निवास बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार