Online Nepal
  • मंगलबार, २६ चैत्र २०८१
  • रवि पक्राउ गर्नेबारे अदालतको लिखित आदेश पर्खंदै प्रहरी

    रवि पक्राउ गर्नेबारे अदालतको लिखित आदेश पर्खंदै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ चैत्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे आदेश हेरेपछि मात्र निर्णय लिने प्रहरीको तयारी छ । उच्च अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेपछि प्रहरी पर्ख र हेरको अवस्थामा रहेको हो ।

    शुक्रबार साँझ उच्च अदालतको तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । यता प्रहरी महानिरीक्षक दीपक थापाले अदालतको लिखित आदेश आएपछि मात्र बाँकी निर्णय लिने जानकारी दिए ।



    न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सुप्रिम सहकारीमा रवि लामिछाने, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । जीबी राई भने फरार अवस्थामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार