Online Nepal
  • बिहिबार, २८ चैत्र २०८१
  • ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २१ चैत्र २०८१
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

    बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगिततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चारजना, केनाईनतर्फ एकजना, सूचनाप्रविधि कम्प्युटरतर्फ एकजना र विधिविज्ञानतर्फ एकजना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।



    बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तै प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्रहरी नायव निरीक्षक खडक बहादुर चन्दलाई प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

    यसैगरी संगित उपसमूहतर्फका श्याम थापा पनि प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार