Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • प्रेमिकासँग प्रेम सम्बन्ध बिग्रियो, साथीलाई अश्लील भिडियो पठाए !

    प्रेमिकासँग प्रेम सम्बन्ध बिग्रियो, साथीलाई अश्लील भिडियो पठाए !

    अनलाइन नेपाल
  • बिहिबार, २१ चैत्र २०८१
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिराहाको धनगढी नगरपालिका ७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई बुधबार पक्राउ गरेको हो ।



    साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट गरिदिएको, पीडितका आफन्तलाई धम्क्याएको र दुख हैरानी दिएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनमाथि जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार