Online Nepal
  • मंगलबार, २ बैशाख २०८२
  • एनएसएलमा ललितपुरको पहिलो जित, पोखरा थन्डर्स पराजित

    एनएसएलमा ललितपुरको पहिलो जित, पोखरा थन्डर्स पराजित

    अनलाइन नेपाल
  • बुधबार, २० चैत्र २०८१
  • 222
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित दर्ता गरेको छ ।

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले पराजित गरेको हो ।



    ललितपुरको जितमा जोनाथन कान्टिलाना दुई र इमोह इजेकेलले एक गोल गरे । यस्तै पोखरा थन्डर्सका लागि समीर तामाङ र जोए आइडुले एकएक गोल गरे । यो पोखराको दोस्रो हार हो ।

    पोखराले पहिलो खेलमा एफसी चितवनसँग २-० को हार व्यहोरेको थियो। ललितपुरले उद्‍घान खेलमा काठमाडौं रेजर्ससँग २-२ बराबरीको खेल खेल्दै अङ्क बाँडेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार