काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताले गणतन्त्र नेपालमा राजाको शासन नचाएको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले नेपालमा राजाको कुनै आवश्यक नभएको बताए ।
राजा फर्कने कुनै सम्भावना नरहेको बताउँदै नेपालले भने–‘जनताको मनको शासनलाई मन नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने, जनतामा चेतना र जागरण पैदा गर्ने कुरामा नलाग्ने, अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा ।’
पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ ।
Leave a Reply