Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने र सेना पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

    म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने र सेना पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १९ चैत्र २०८१
  • 543
    SHARES

    काठमाडौँ । सरकारले म्यानमारमा गत चैत १५ गते गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमार सरकारमार्फत भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।



    नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्नेछ ।

    नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट तत्ततत् निकायमा सोबापत सोध भर्ना निकासा दिने निर्णय पनि भएको छ ।

    उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ ।

    यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको पनि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार