Online Nepal
  • शनिबार, १३ बैशाख २०८२
  • प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्‌मा राप्रपाको होहल्ला

    प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्‌मा राप्रपाको होहल्ला

    अनलाइन नेपाल
  • सोमबार, १८ चैत्र २०८१
  • 114
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाले विरोध गरेको छ ।

    सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरेपछि राप्रपाका सांससदहरुले होहल्ला गर्दै विरोध गरेका हुन् ।



    ओलीले सम्बोधन गरिरहेका बेला राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए ।

    ओलीले पूर्वराजाको विषयमा बोल्न थालेपछि ज्ञानेन्द्र शाही उठेर आपत्ति जनाएका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसदलाई रोक्न खोजेका थिए । आजको संसदमा प्रधानमन्त्रीले बोल्ने कार्यसूची थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार