काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधपछि बैठक स्थगित भएको हो ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ ।
प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठेका थिए ।
प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरिएको छ ।
Leave a Reply