Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे ‘अल्टिमेटम’

    रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • शनिबार, १६ चैत्र २०८१
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई रिहा गर्न सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।

    शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीसँग बोल्दै मिश्र र राणालाई २४ घण्टाभित्र रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।



    राप्रपाले सरकारको कदमविरुद्ध कडा रणनीति बनाउने र शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

    अध्यक्ष लिङ्देनले तीनकुने प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोपसमेत लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार