Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको समर्थन

    समाजवादी मोर्चाको प्रदर्शनलाई एमालेको समर्थन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ चैत्र २०८१
  • 297
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन् ।

    महासचिव पोखरेलले फेसबकमा स्टाटस लेखेर मोर्चाले शुक्रबार गर्न लागेको जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरूद्धको सकारात्मक पहल रहेको बताएका हुन् ।



    उनले दलहरू आपसमा प्रतिस्पर्धा तथा एक अर्काको आलोचना र विरोध गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस गर्ने बताए।

    ‘तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’उनले लेखेका छन्।

    आज राजावादीलाई चुनौती दिँदै मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार