काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ ।
बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै माओवादीका सांसद माधव सापकोटाले सो बारे जानकारी गराएका हुन् ।
उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको दाबी गरे ।
उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए ।
Leave a Reply