Online Nepal
  • शुक्रबार, २९ चैत्र २०८१
  • सरुवा मापदण्ड संशोधनपछि मात्र एसपीको सरुवा हुने

    सरुवा मापदण्ड संशोधनपछि मात्र एसपीको सरुवा हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ चैत्र २०८१
  • 6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा १४ महिना पुग्दा पनि एसपीको सरुवा हुन सकेको छैन । झापा, रुपन्देही, कञ्चनपुर, कैलाली, काभ्रे लगायत दर्जन जिल्लाका एसपीको अवधि १४ महिना पुगिसकेको छ ।

    अवकाशको मुखमा बसन्तबहादुर कुँवरले सरुवा निकाल्न सकेनन् । नयाँ आईजीपी दिपक थापाले पनि तत्काल सरुवा निकाल्न सक्ने अवस्था छैन ।



    स्रोतका अनुसार सरुवासम्बन्धि मापदण्ड संशोधनको तयारी भइरहेको छ । केही शक्तिशाली प्रहरी अधिकृतको स्वार्थमा मापदण्ड संशोधन हुन लागेको हो । सरुवामा अत्याधिक चलखेलका कारण यस्तो अवस्था आएको हो ।

    हालको मापदण्डमा बढुवा लगत्तै ‘क’ वर्गको कार्यालयमा जान नपाइने र एक पटक मात्र ‘क’ वर्गमा जान पाइने प्रावधान छ । यसअघि तराईका जिल्लामा बसिसकेका एसपीहरु फेरि तराई नै जान चाहेका छन् ।

    उनीहरुकै चाहनाअनुसार मापदण्ड संशोधन गर्न लागिएको छ । एसपी कोमलबिक्रम शाह लगायत एसपीहरु यसका लागि राजनीतिक लबिइङमा लागेका छन् । केही डिएसपीहरु पनि यसमा लागिपरेका छन् ।

    मापदण्ड संशोधनका लागि प्रहरी प्रधान कार्यालयले मातहतमा पत्राचार गरेर सुझाव मागेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संशोधनमा वर्ग पनि हेरफेरको तयारी छ ।

    यसअघिका आईजीपी बसन्तबहादुर कुँवरमाथि पनि मापदण्ड संशोधन गर्न दबाब परेको थियो। तर, आफैंले बनाएको मापदण्डको विपरीत संशोधन नगर्ने अडान लिएका थिए । प्रहरी नेतृत्व फेरिएसँगै मापदण्ड संशोधन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार