कास्की । कास्कीको पोखराबाट अमेरिकन महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीया सरिता लामा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी पुर्याएर ३३ लाख युरो फिरोती माग गरेको खुलेको छ ।
अमेरिकन महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा सकुशल उद्धार गरेको बताइएको छ ।
अमेरिकन नागरिक मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी थिइन् । सरितालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।
Leave a Reply