काठमाडौं । प्रहरीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-६ का ३२ वर्षीय सुवास तामाङ रहेका छन्।
उनले बोकेको झोलाबाट आठ वटा सालकका खपेटा, एउटा नंग्रा, हड्डी, दुम्सीको काँडा जस्तो तीन वटा, ५२ हजार रुपैयाँ र एउटा मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तिसारमा पठाएको छ।
Leave a Reply