Online Nepal
  • मंगलबार, २ बैशाख २०८२
  • चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १० चैत्र २०८१
  • 252
    SHARES

    काठमाडौँ । गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    शनिबार काठमाडौँमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो र जनआन्दोलनको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरुद्धको कथा उठाएको छ ।



    ट्रेलर प्रकाश सपूतकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

    यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार