तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस तनहुँ क्षेत्र नं २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको कानूनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
यस्तै सरकारले हालै ल्याएको अध्यादेश सुशासन कायम गर्नका लागि भएको उनको दाबी छ ।
Leave a Reply