एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् ।
पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको जेलेन्स्कीले आरोप लगाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्तापछि पुटिनले युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न आदेश दिने बताएका थिए ।
तर त्यही रात युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसले १ सय ५० वटा ड्रोन प्रहार गरेको जेलेन्स्कीले बताए ।
रुसले मंगलबार राति यातायात पूर्वाधार र अस्पतालमा पनि आक्रमण गरेको जेलेन्स्कीको भनाइ छ ।
Leave a Reply