Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • प्रधानमन्त्री ओलीको निर्देशन – सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउनू

    प्रधानमन्त्री ओलीको निर्देशन – सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउनू

    अनलाइन नेपाल
  • बुधबार, ६ चैत्र २०८१
  • 201
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।



    आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम हुनेछ ।

    आजको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावनादूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन आग्रह गरे । उनले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्ट रुपमा गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार