Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

    सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ चैत्र २०८१
  • 225
    SHARES

    काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु राय छन् ।



    उनलाई मंगलबार प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले एक महिलालाई फेसबुकमा साथी बनाएका थिए ।

    भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको पाइएको प्रहरीले जनाएको छ ।

    आपसमा मनमुटाउ भएपश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा उक्त फोटो, भिडिओ पठाई चरित्र हत्या गरेको आरोप छ ।

    पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार