Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • नेपाली सेनाले भन्यो – संविधानले दिएको जिम्मेवारी पूरा गर्न कटिवद्ध छौं

    नेपाली सेनाले भन्यो – संविधानले दिएको जिम्मेवारी पूरा गर्न कटिवद्ध छौं

    अनलाइन नेपाल
  • बुधबार, ६ चैत्र २०८१
  • 510
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमार्फत सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    राजावादीहरुको आन्दोलन चर्कँदै जाँदा नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले मुख खोलेको हो ।



    एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ ।

    सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ ।

    अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार