Online Nepal
  • सोमबार, ८ बैशाख २०८२
  • माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु, प्रचण्डसहितका नेता बारा जाँदै

    माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु, प्रचण्डसहितका नेता बारा जाँदै

    अनलाइन नेपाल
  • बुधबार, ६ चैत्र २०८१
  • 255
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजबाट पुनः सुरु हुँदैछ ।

    यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा राजावादीहरु सक्रिय भएपछि स्थगित गरिएको थियो ।



    तर अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु आज बारा जान लागेका हुन् ।अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् ।

    त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

    एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार