Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजे, प्रतिवाद गर्छौँ : कांग्रेस

    पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजे, प्रतिवाद गर्छौँ : कांग्रेस

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 276
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रतिवाद गर्ने भएको छ ।

    मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।



    फागुन २५ गते राजावादीले गरेको प्रदर्शनको समीक्षा गर्दै उनीहरूले गणतन्त्रको विरुद्धमा भ्रम सिर्जना गर्न खोजेको कांग्रेसको ठहर छ ।

    यसबारे औपचारिक निर्णय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

    बैठकमा राजावादीको प्रदर्शनबारे गृहमन्त्री रमेश लेखकले बिफ्रिङ गरेका थिए । बैठकमा समसामियक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार