Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • ट्रम्पका सुरक्षा निर्देशकको प्रतिवद्धता – नेपाललाई दिने आर्थिक सहयोगले निरन्तरता पाउँछ

    ट्रम्पका सुरक्षा निर्देशकको प्रतिवद्धता – नेपाललाई दिने आर्थिक सहयोगले निरन्तरता पाउँछ

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 489
    SHARES

    काठमाडौं । अमेरिकाका एक वरिष्ठ अधिकारीले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगले निरन्तरता पाउने बताएका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटमा यस्तो बताएका हुन् ।



    भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’का क्रममा उनीहरूबीच मंगलबार ‘साइडलाइन’ भेटवार्ता भएको थियो ।

    सो अवसरमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार