Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • केदार सूर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीकी यशोदा विजयी

    केदार सूर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीकी यशोदा विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 651
    SHARES

    डोटी । केदार सूर्य बहुमुखी क्याम्पस विपिनगर, डोटीमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी)की उम्मेदवार यशोदा बोहरा विजयी भएकी छन् ।

    उनले ४६ मत प्राप्त गर्दै नेविसंघकी उम्मेदवार रमिता बोहरालाई पराजित गरेकी हुन् ।



    कुल ९८ मतदाता रहेकोमा ८४ मत खसेको थियो । मतगणनाको क्रममा अखिल (क्रान्तिकारी) ले ४६ मत प्राप्त गर्दा नेविसंघले ३७ मत प्राप्त गर्‍यो। एक मत बदर भएको छ।

    यस्तै सचिवमा अनेरास्ववियुका विक्रम साउद निर्वाचित भएका छन् । उनले र नेविसंघका भक्त पातलीले समान ४२ मत प्राप्त गरेका थिए । गोला प्रथाबाट साउद चुनिएका हुन् ।

    कोषाध्यक्षमा नेविसंघकी हिरा मन्नी निर्वाचित हुँदा सदस्य सदस्यहरूमा अखिल क्रान्तिकारीकी शान्ति खडायत, अनेरास्ववियुकी लीला साउद र अनेरास्ववियुकी विनिता विक निर्वाचित भएकी हुन्

    यो जितसँगै अखिल (क्रान्तिकारी) ले केदार सूर्य बहुमुखी क्याम्पसको विद्यार्थी नेतृत्व हात पार्न सफल भएको छ । यसअघि नेविसंघका उम्मेदवार विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार