Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • गृह सचिव दुवाडीद्धारा नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

    गृह सचिव दुवाडीद्धारा नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 651
    SHARES

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन्।

    गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको थियो।

    थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् । उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए ।

    ३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार