Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 96
    SHARES

    काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन स्थगित भएको छ ।

    सत्तारुढ एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो ।



    सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

    सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार