Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 78
    SHARES

    कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

    बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको हो ।



    बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुने बताइएको छ ।

    बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा छलफल हुनेछ । उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ ।

    तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार