Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै

    नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 546
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले आज दर्ज्यान चिन्ह लगाउँदै छन् ।

    गृह मन्त्रालयले मंगलबार आईजीपी थापालाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो ।



    आईजीपी थापालाई गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दर्ज्यान चिन्ह लगाउने कार्यतालिका रहेको छ।

    सरकारले सोमबार थापालाई आईजीपीमा बढुवा गरेको थियो । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।

    सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार