Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट

    सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 450
    SHARES

    मोरङ । विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा ‘ग्याङ फाइट’ भएको छ ।

    आइतबार राति करिब १२ बजे क्यासिनो परिसरमा एमाले नेता किरण लामा र रोनाल कँडेलको समूहसँग कांग्रेस निकट अभिषेक गिरीसहितको समूहको ग्याङ फाइट भएको हो ।



    क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको प्रहरी स्रोत बताउँछ । आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा रहेका थिए । सोही बेला कँडेल र लामा क्यासिनोमा पुगेका थिए ।

    उनीहरुलाई क्यासिनोमा प्रवेश गर्न बाउन्सरले रोके । त्यसपछि विवाद उत्पन्न हुँदा कुटाकुट भएको बताइएको छ ।

    क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको घटना बाहिरिएको हो ।

    यता जिल्ला प्रहरी कार्यालय मोरङले दुवै समूह फरार रहेको जनाएको छ । उनीहरु प्रहरी घटनास्थल पुग्दासम्म भागिसकेको बताइएको छ ।

    आफूमाथि कुटपिट भएको भन्दै अभिषेक समूहका निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी तथा अनुसन्धान थालेको हो । उनीहरु सबै गुण्डागर्दीमा संलग्न भएको प्रहरीको रेकर्डमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार