काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त भएका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैतडीका भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो ।
Leave a Reply