एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।
ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सप्ताहन्तमा धेरै काम भइसकेको छ । हामी युद्ध अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहन्छौं । सायद सक्छौं, सायद सक्दैनौं । तर मलाई लाग्छ कि हामीसँग धेरै राम्रो मौका छ ।’
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि दुई नेताबीच मंगलबार कुराकानी हुने योजनाको पुस्टि गरे ।
Leave a Reply