Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको घोषणा

    राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 174
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नवराज सुवेदीको संयोजनमा संयुक्त जनआन्दोलनको घोषणा भएको छ ।

    राजसंस्था पुनर्स्थापनाका लागि ठूला दलहरू छिटो समझदारीमा आऊन् भन्ने उद्देश्यले जनआन्दोलन घोषणा गरिएको हो ।



    संयुक्त जनआन्दोलन समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सदस्य छन्।

    यस्तै अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

    समितिले मुख्यतः चारवटा अजेन्डा रहेको उल्लेख गरेको छ । संवैधानिक राजतन्त्रको स्थापना, सनातन हिन्दू राज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासन समितिले आफ्ना मुख्य एजेन्डा रहेको उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार