Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप, प्रहरीले चलायो गोली

    चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप, प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 813
    SHARES

    धनुषा। धनुषाको भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

    सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो ।



    झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

    गोली लागेर एकजना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

    घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ ।

    भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो ।

    त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार