काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् र्याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा छलफल गरिने बताइएको छ ।
काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।
बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिनेछ ।
Leave a Reply