Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • नेकपा एमाले बोगटान फुड्सिल-४ को अध्यक्षमा विनाडी

    नेकपा एमाले बोगटान फुड्सिल-४ को अध्यक्षमा विनाडी

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 1K
    SHARES

    डोटी । नेकपा एमाले वडा कमिटी बोगटान फुड्सिल गाउँपालिका-४ सातफरीको अध्यक्षमा गणेश प्रसाद विनाडी चयन भएका छन् ।

    शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले २४ वर्षीय विनाडीको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी चयन गरेको हो ।



    कमिटीको उपाध्यक्षमा चन्द्र ढोली, सचिवमा दिपा ताडी, सहसचिवमा डबल बोहरा र रमा देवी कुँवर चयन भएका छन् । योसँगै एमाले सातफरीले युवा नेतृत्व पाएको छ । अब एमाले सातफरीले गति लिने विश्वास गरिएको छ ।

    विनाडी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनीसँग सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेका चर्चित संगठनका जिम्मेवारी सम्हालिसकेको पनि अनुभव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार