कैलाली । यहीँ चैत ५ गते अर्थात् मंगलबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विभिन्न आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।
जसअनुसार सुदूरपश्चिमकै सबै भन्दा बढी चासोको रूपमा हेरिएको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनेछ ।
चुनावको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । भने विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न आतुर छन् । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् ।
यहाँ प्रमुख रुपमा तीनवटा संगठन प्रतिस्प्रर्धामा छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुनेछ ।
अनेरास्ववियुबाट दिपेन्द्र भट्ट (दिपेन), अखिल क्रान्तिकारीबाट विकास बिष्ट र नेपाल विद्यार्थी संघबाट दिपक भट्ट सभापति पदका उम्मेदवार छन् । उनीहरुले आफ्ना एजेण्डासहित मतदातासँग मत मागिसकेका छन् । ऐश्वर्य बहुमुखी क्याम्पसमा दुई हजार भन्दा बढी मतदाता रहेका छन् ।
यहाँ अब मतदान हुन मात्रै बाँकी छ । उम्मेदवारहरुले आआफ्नो जित हुने दाबी गरेका छन् । त्यसमा पनि अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार दिपेनले आफ्नो जित पक्का जस्तै भएको दाबी गरेका छन् ।
आफू हालसम्म विद्यार्थीको हकहितका लागि काम गर्दै आएका कारण आफू लगायत सिङ्गो प्यानलले जित्ने उनको दाबी छ । अनेरास्ववियुका भट्टसँग यसअघिको कार्यकाल स्ववियुको सचिव भएर काम गरेको अनुभव छ भने उनको नेतृत्वमा बलियो प्यानल खडा गरेका कारण फेरि यो पटक पनि अनेरास्ववियुले नै बाजी मार्ने आकलन गरिएको छ ।
यसअघि पनि कुवेर खड्काको नेतृत्वमा अनेरास्ववियुको प्यानलै विजयी भएको थियो । अध्यक्षका उम्मेदवार भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । अनेरास्ववियुका प्रदेश कमिटी सदस्य समेत रहेका भट्ट विद्यार्थीहरूको हकहितमा काम गर्ने नेताको अग्र पंक्तिमा पर्छन् ।
भट्टको प्यानलमा उपाध्यक्षमा उमेश बम, सचिवमा प्रदीप खड्का, सहसचिवमा खगेन्द्र बुढा र कोषाध्यक्षमा जुनु चौधरी उम्मेदवार छन् । क्षेत्र र भूगोलको सन्तुलन मिलाएर उम्मेदवार बनाएका कारण पनि अनेरास्ववियुले प्यानलसहित जित निकाल्ने दाबी गरेको छ ।
Leave a Reply