काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
प्रमाणीकरण भएका विधेयकमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply